बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एमाले बैठकले गर्याे ओलीलाई तत्काल रिहा गर्न माग गर्दै प्रदर्शन कार्यक्रम घोषणा

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गर्दै व्यापक कार्यक्रम घोषणा गरेको छ।

आज बसेकाे सचिवालय बैठकले आम जनसमुदाय र नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

बैठकले निम्न कार्यक्रमहरू तय गरेको छ:

  • आज अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन।
  • भोलि, चैत्र १५ गते, प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।

साथै, बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने र नागरिक समाज तथा आम जनसमुदायसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि गरेको छ।