बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

हर्क सम्पाङको टिप्पणी : अब हुने भनेको यस्तै मात्रै हो! आन्दोलन, आन्दोलन अनि आन्दोलन!

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री हेलचेक्र्याइँ पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले यसलाई राजनीतिक प्रतिशोधको संकेत भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सम्पाङले लेखेका छन्, “मेरो कुरा ढिलो गरी बुझ्छन्! मैले ओखल्ढुङ्गाको कार्यक्रममा भन्या थें–‘अरु जस्ले जिते नि प्रतिशोधको राजनीति हुन्छ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो!’ अब हुने भनेको यस्तै मात्रै हो! आन्दोलन, आन्दोलन अनि आन्दोलन!”

सम्पाङले यस घटनालाई नयाँ राजनीतिक संघर्षको सुरुवातको रूपमा व्याख्या गर्दै सरकारको कदमप्रति विरोधको स्पष्ट संकेत दिएका छन्।\