काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले नवगठित सरकारको कदमप्रति आलोचना गर्दै प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले सरकारको कदमप्रति असन्तुष्टि जनाएका हुन्।
“प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,” उनले लेखेका छन्, “तर उसले चाहे जस्तो हुने छैन।” उनले सरकारको वर्तमान कार्यशैलीले राजनीतिक तनाव बढाउने संकेत समेत गरेका छन्।