काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको छ। पक्राउपछि उनलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।
वालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दा चलाउने निर्णय कार्यान्वयन गरेको थियो। सोही निर्णयअनुसार दुवैलाई पक्राउ गरिएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा प्रतिवेदन तयार पारेको थियो। उक्त आयोगले ओली, लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दाअन्तर्गत अनुसन्धान गर्न सिफारिस गरेको थियो।
सरकारले सोही सिफारिस कार्यान्वयन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।