बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

धरपकड र प्रतिशोधले भलो नगर्ने निलाम्बर आचार्यको टिप्पणी

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ । संविधानविद् निलाम्बर आचार्य ले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै प्रतिशोध र धरपकडको राजनीति मुलुकका लागि हितकर नहुने बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आचार्यले वर्तमान परिस्थितिलाई “साह्रै नमिल्ने” भन्दै टिप्पणी गरेका हुन्।

उनले प्रतिशोधपूर्ण कदम र धरपकडले दीर्घकालीन रूपमा कुनै सकारात्मक परिणाम नदिने उल्लेख गर्दै संयमता र विधिको शासनको पालनामा जोड दिएका छन्।

एमाले अध्यक्ष ओली आज विहान उनको निवासबाटै पक्राउ परेका छन् ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।