बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सोबिता गौतम कानुनमन्त्री बन्ने

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नं. ३ बाट विजयी सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

शुक्रबार मात्र प्रधानमन्त्रीमा नियुक्ति भइसकेका शाहको सचिवालयका अनुसार सोबितालाई कानुन मन्त्रालयमा लैजाने कुरा पक्का भएको छ।

सुरूमा उनलाई प्रतिनिधि सभाको सभामुख बनाउने चर्चा भएको थियो, तर सभामुख पदका लागि परिपक्व नभएको भन्दै उनलाई कानुन मन्त्रालयमा पठाउने निर्णय गरिएको हो। सोबिता अधिवक्ता पनि हुन्।

कानुन मन्त्रालयमा सोबितालाई पठाएपछि सभामुखमा पार्टीका उपसभापति डोलप्रसाद ‘डीपी’ अर्याललाई नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।