बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रास्वपा सरकारले मन्त्री टुंग्यायो: सुदन गुरुङ गृहमन्त्री, स्वर्णिम वाग्ले अर्थमन्त्री

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकारका केही मन्त्रीको नाम टुंग्याएको छ।

जस अनुसार, गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङले पाउने भएका छन् भने अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल जिम्मेवारी सम्हाल्ने भएका छन्।

ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सामान्य प्रशासनमा प्रतिभा रावल, उद्योग मन्त्रालयमा अमरेश सिंह नियुक्त हुनेछन्।

कानुन मन्त्रीमा सोबिता गौतम, स्वास्थ्य तथा खानेपानीमा निशा मेहता, भौतिक पूर्वाधारमा सुनिल लम्साल, महिला तथा बालबालिकामा सीता वादी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सस्मित पोखरेल नियुक्त हुने तय भएको छ।

त्यस्तै, नुवाकोट-१ बाट निर्वाचित विक्रम तिमिल्सिना सञ्चार तथा सूचना मन्त्री बन्ने भएका छन् भने महोत्तरीका दीपक साह श्रम मन्त्री नियुक्त हुने भएका छन्।

अन्य मन्त्रीको नाम टुंगो लाग्ने क्रममा रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन्।