बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभाका सदस्यको रूपमा प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

बिहीबार रास्वपाले शाहलाई संसदीय दलको नेता चयन गरेको थियो।

प्रधानमन्त्री बालेन शाह आज मध्याह्न १२:३४ बजे राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।