बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जेनजी आन्दोलन प्रतिवेदन ‘लिक’, पूर्व उच्च अधिकारीमाथि कारबाही सिफारिस (हेर्नुहोस् पूर्णपाठ)

बिहिबार, चैत्र १२ २०८२

काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनुअघि नै बाहिरिएको छ।

सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरे पनि जनआस्था साप्ताहिकले बुधबार पहिलो पटक उक्त प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ।

बाहिरिएको प्रतिवेदनअनुसार आन्दोलन दमनको घटनामा संलग्न रहेको आशंकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ माथि फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।

प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभइसकेकाले यसको विश्वसनीयता र कार्यान्वयनबारे सरकारको धारणा आउन बाँकी रहेको छ।