बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

ज्येष्ठ सदस्य केसीलाई आज शपथ, भोलि सांसदलाई सपथ खुवाइने

बुधबार, चैत्र ११ २०८२

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।

यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेस का सांसद केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले भोलि चैत १२ गते प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम पनि तय गरिएको छ ।