बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बिहीबार, संसदीय दलको नेता चयन गर्ने एजेण्डा

मंगलबार, चैत्र १० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने तय भएको हो।

उक्त बैठकमा मुख्य रूपमा संसदीय दलको नेता चयन गर्ने एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिएका छन्। पार्टीभित्रको सहमतिअनुसार रास्वपाले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेताका रूपमा चयन गर्ने तयारी गरेको बताइएको छ।

रास्वपाले संसदीय दलको नेतृत्व चयनलाई प्राथमिकतामा राख्दै आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ। बैठकले दलको नेतृत्व चयनसँगै संसद्‌मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने जनाइएको छ।

हाल देशमा नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला रास्वपाको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।