बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पर्वतमा बोलेरो जीप दुर्घटना : चालकको मृत्यु

मंगलबार, चैत्र १० २०८२

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको ग१ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा चालक परियार एक्लै रहेका थिए । गम्भीर घाइते भएका उनलाई उद्धार गरी प्रदेश अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार वर्षाका कारण उकालो सडक चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल को चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन परिस्थितिमा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बलका उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिएका छन् ।