बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाँच अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

सोमबार, चैत्र ९ २०८२

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन ५४ दशमलव ५१ अंकले बढेको नेप्से आज सोमबार पाँच दशमलव शुन्य एक अंकले बढेर २९ सय ३६ दशमलव ५६ अंकमा पुगेको भएपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २८ अंकले घटेर पाँच सय पाँच दशमलव शुन्य दुई अंकमा पुगेको छ । तीन सय ४२ वटा कम्पनीहरुको एक लाख ५६ हजार तीन सय ८१ पटकको कारोबारमा तीन करोड ८० लाख ७३ हजार नौं सय ४५ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सात वटा समुहहरुको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३६ अंकले घटेर १५ सय ५६ दशमलव ५५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ३५ अंकले घटेर छ हजार चार सय ३६ दशमलव ३४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६७ दशमलव २५ अंकले घटेर १३ हजार आठ सय ४८ दशमलव ९० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि चार दशमलव ९८ अंकले घटेर ११ हजार नौं सय ९१ दशमलव ३९ अंकमा पुगेको छ । होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि घटेका छन् । फाईनान्स समुहको सुचक भने पाँच दशमलव ५६ अंकले बढेर २६ सय ९१ दशमलव ३९ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक भने ३७ दशमलव ७६ अंकले बढेर तीन हजार नौं सय ५७ दशमलव ३२ अंकमा पुगेको छ भने लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा सनराईज फष्र्ट म्युचुअल फण्डले सबैभन्दा बढी गुमाएको छ । कुमारी बैंक लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।