बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस महामन्त्री पौडेलकाे माग

सोमबार, चैत्र ९ २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको जेनजी आन्दोलनसम्बन्धी कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरी राख्नु विडम्बना भएको उल्लेख गरे। उनका अनुसार प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी हो।

साथै, महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि पार्टीको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराएका छन् ।