शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

“ग्लोबल मनि विक–२०२६” अन्तरगत प्रभु बैंकको कमलादी शाखाद्धारा प्रभातफेरी

आइतबार, चैत्र ८ २०८२

काठमाडौ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा “स्मार्ट मनी टक्स” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्तरगत प्रभातफेरी कार्यक्रमको आयोेजना गरी मनाईएको छ । बैंकको शुक्रबार सम्पन्न कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।

उक्त कार्यक्रममा “स्मार्ट मनी टक्स” को मुल नारा सहितका वित्तीय संदेशमुलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो । बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।