काठमाडाैं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेतृत्व नसच्चिए आगामी निर्वाचनमा पार्टीको सिट संख्या न्यून हुन सक्ने चेतावनी दिएका छन् ।
शनिबार बुटवलमा चिन्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रममा पाण्डेले पछिल्ला तीन निर्वाचनको नतिजा विश्लेषण गर्दै एमाले मात्र होइन, पुराना राजनीतिक दलहरूको अवस्था पनि कमजोर हुँदै गएको बताएका छन्। उनले कार्यशैली परिवर्तन नगरे पुराना दलहरू ‘सामूहिक मलामी जाने’ स्थितिमा पुग्ने चेतावनी दिए ।
पाण्डेले २०७४ सालको निर्वाचन सम्झँदै एमाले–माओवादी गठबन्धनले १७४ सिट जितेको भए पनि त्यस उपलब्धि जोगाउन नसकेको स्वीकार गर्नुभयो। व्यंग्य गर्दै उनले भने, “पहिला कम्युनिस्टहरू ३–४ वटा बसमा आउँथे, २०७९ सम्म एउटा बसमा अट्यौं, अहिले त माइक्रो बसमा अट्ने अवस्था छ। यस्तै भयो भने अर्को पटक स्कुटरमै अट्ने हुन्छ।”
उनले पार्टीभित्र कमजोरी सुधार गर्न कठोर निर्णय आवश्यक रहेको र नेतृत्वले आत्मालोचना नगरे आगामी दिन अझ कष्टकर हुने चेतावनी दिए। हार सुनिश्चित भएको चुनावमा कार्यकर्ताले किन उठ्ने भन्ने प्रश्न समेत उनले उठाए। साथै संविधानमै पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था नभएको कमजोरीको उदाहरण दिए ।
यसैबीच, पाण्डेले पार्टीलाई पुनः शक्तिशाली बनाउन तीन प्रस्ताव अघि सारेका छन्।
हेर्नुहाेस् उनले सामाजिक सञ्जालमा लेखेकाे स्टाटस जस्ताेकाे तस्तै-