बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीको बधाई,कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

आइतबार, चैत्र ८ २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण भएको भन्दै बधाई ज्ञापन गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरी उनको निष्ठा र प्रतिबद्धताका कारण शान्तिपूर्ण निर्वाचन सम्भव भएको उल्लेख गरेको हो।

प्रतिनिधिमण्डलले विभिन्न आशंकाका बीच देशभर एकैपटक स्वच्छ र धाँधलीरहित निर्वाचन सम्पन्न गर्नु ठूलो उपलब्धि भएको भन्दै सरकारको प्रशंसा गरेको थियो। अध्यक्ष घिसिङले चुनौतीपूर्ण परिस्थितिमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्रीलाई धन्यवादसमेत व्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले भने उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा सहभागिता जनाई सहयोग गरेको भन्दै प्रशंसा गरिन्। साथै, पार्टीमा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको उल्लेख गर्दै संसद बाहिर रहेर पनि देशका लागि महत्वपूर्ण योगदान गर्न सकिने बताइन् ।

यसै क्रममा उज्यालो नेपाल पार्टीले खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाको विषय उठाउँदै गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेको छ।