बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पाल्पामा टिपर दुर्घटना : चार जनाको मृत्यु

आइतबार, चैत्र ८ २०८२

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्री सडकमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका–२ खैरेनीका अन्दाजी २६ वर्षीय सुनिल नेपाली तथा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्।

प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको हो।

दुर्घटनामा परेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।