बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

ईद–उल–फित्रले सद्भाव र एकता सुदृढ बनाउने प्रधानमन्त्री कार्कीको विश्वास

शनिबार, चैत्र ७ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की ले ईद–उल–फित्र का अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अझ मजबुत हुने विश्वास व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै ईद–उल–फित्रले राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्‍याओस् भन्ने कामना गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले रमजान महिनाको व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गरेकी छन्। “रमजानको महिनादिन लामो व्रतले हामीलाई संयम र सत्कर्मतर्फ प्रेरित गर्छ,” प्रधानमन्त्रीले उल्लेख गरिन् ।

उनले यी मूल्यहरूले समाजमा सहअस्तित्व र मानवमूल्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ बलियो बनाउने बताइन् ।