काठमाडाैं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र मिना अल–अहमदी रिफाइनरी मा शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ ।
कुवेत पेट्रोलियम कर्पोरेसन का अनुसार इरानी ड्रोनहरूको शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ ।
यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो आक्रमण भएको जनाइएको छ ।
आक्रमणपछि सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ ।
एजेन्सी