बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रधानमन्त्री कार्की सचिवालयका दुई सदस्यले दिए राजीनामा

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका दुई सदस्यले राजीनामा दिएका छन्।

बालुवाटार स्रोतका अनुसार प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना ले राजीनामा दिएका हुन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई सिट जितेपछि एकल सरकार गठनको तयारी थालेको छ।

स्रोतका अनुसार, नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएलगत्तै चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।