बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते हुने

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक उपस्थित हुन आग्रह गरेको छ ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ ।

ती मितिमा विभिन्न कारणले उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार गरिने सूचनामा उल्लेख गरिएको छ ।

सो दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा उपचार तथा परीक्षणसम्बन्धी कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सम्बन्धित घाइतेलाई आग्रह गरिएको छ ।