बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु, गोरु पनि मरे

बिहिबार, चैत्र ५ २०८२

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका–५, बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृत्यु हुनेमा ६० वर्षीय कलसु चौधरी र ७० वर्षीया सेतानु चौधरी रहेका छन्।

ना.६ख७७८ नम्बरको ट्रकले पछाडिबाट गोरुगाडालाई ठक्कर दिएको र गम्भीर घाइते भएका दम्पतीलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै, ट्रकको ठक्करमा गोरुगाडामा रहेका दुवै गोरु पनि मरेका छन्। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान जारी छ।