काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० जना नेपालीलाई बैंकक, थाइल्याण्डस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी काठमाडौं ल्याइएको छ।
दूतावासका अनुसार उनीहरूलाई अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएको थियो।
साथै, उनीहरू बिनाभिसा बसिरहेका थिए। दूतावासको सक्रिय पहलले उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइएको बताइएको छ।
