बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आज चैते दसैँको घटस्थापना, देवी आराधनाको शुभारम्भ

बिहिबार, चैत्र ५ २०८२

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाको अवसरमा आजदेखि चैत्र नवरात्र अर्थात् चैते दसैँ सुरु भएको छ। यस अवसरमा राजधानीस्थित हनुमानढोका दरबार मा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजा–आराधना आरम्भ गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थी का अनुसार आज बिहान ७ः५१ बजे घटस्थापनाका लागि उत्तम साइत रहेको छ। साथै, उत्तर दिशातर्फ फर्केर घटस्थापना गर्नुपर्ने साइत निर्धारण गरिएको पनि उनले जानकारी दिए ।

चैत्र नवरात्रको अवसरमा देशभर रहेका देवी मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने परम्परा रहेको छ। श्रद्धालुहरूले नवदुर्गाको पूजा, उपासना तथा व्रत गरी धार्मिक आस्था प्रकट गर्ने गर्दछन्।

शास्त्रीय परम्पराअनुसार वर्षभरिमा चार नवरात्र मनाइन्छन् । आषाढ, आश्विन, पौष र माघ शुक्ल पक्षमा पर्ने नवरात्र। तीमध्ये आषाढ र पौष शुक्ल पक्षका नवरात्रलाई ‘लुप्त नवरात्र’ का रूपमा पनि चिनिन्छ।