बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

बिहिबार, चैत्र ५ २०८२

काठमाडौँ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। यीमध्ये कर्णाली र सुदूरपश्चिमका केही स्थान, लुम्बिनी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा बागमती र कोशीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि सोही प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रभावित प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।