बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, पाइलटसहित दुई जनालाई काठमाडौं ल्याइँदै

बुधबार, चैत्र ४ २०८२

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको हेलिकप्टर अवतरणका क्रममा बुधबार मध्याह्न दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार शव बोकेर पुगेको उक्त हेलिकप्टर अवतरणका बेला दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एक घाइतेलाई काठमाडौं ल्याउँदै गरेको जानकारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार अन्य यात्रुको अवस्था सामान्य रहेको छ।