गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिका–१ का ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार गम्भीर घाइते भएका चन्दको तम्घास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।