बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुधबार, चैत्र ४ २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। त्यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।