बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवनिर्वाचित सांसदका लागि घण्टी बजाएर रास्वपाकाे अभिमुखीकरण कार्यक्रम सुरु

मंगलबार, चैत्र ३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गरेको छ।

ललितपुरमा मंगलबारदेखि सुरु भएको दुईदिने कार्यक्रममा पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्यालस्वर्णिम वाग्ले ले घण्टी बजाएर उद्घाटन गरेका छन्। कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सहभागिता रहेको छ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट जितेको छ। अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास, आचारसंहिता र कार्यप्रणालीबारे दक्ष बनाउन दुईदिने कार्यशाला आयोजना गरिएको पार्टीले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसद्को कार्यप्रणाली, नीति निर्माण प्रक्रिया, जनप्रतिनिधिको जिम्मेवारी तथा पार्टीले अवलम्बन गर्ने नीतिहरूबारे प्रशिक्षण दिइने बताइएको छ।