काठमाडौैं । नेप्से घटेको छ । अघिल्लो दिन चार दशमलव ४५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार २६ दशमलव सात अंकले घटेर २७ सय ९८ दशमलव ८३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३८ अंकले घटेर चार सय ८० दशमलव ४१ अंकमा पुगेको छ । तीन सय ४५ वटा कम्पनीहरुको एक लाख दुई हजार सात सय ५९ पटकको कारोबारमा तीन करोड सात लाख ९० हजार दुई सय ११ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक बढेपनि बाँकी १२ वटा समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दशमलव ९६ अंकले घटेर १४ सय ६३ दशमलव ७७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २३ दशमलव ३३ अंकले घटेर तीन हजार सात सय ५८ दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २७ दशमलव ६८ अंकले घटेर १३ हजार तीन सय १८ दशमलव ३४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ६५ अंकले घटेर ११ हजार चार सय ७३ दशमलव ९९ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यंटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा सिद्धार्थ इक्विटी फण्डले गुमाएको छ । आखुखोला हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।