बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हरिभक्त सिग्देललाई पुष्पपराग वर्ष साहित्य पुरस्कार

आइतबार, चैत्र १ २०८२

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठानले आफ्नो ११ औँ वार्षिक उत्सवका अवसरमा विभिन्न पुरस्कार तथा सम्मान घोषणा गरेको छ। यस वर्षको पुष्पपराग वर्ष साहित्य पुरस्कार साहित्यकार हरिभक्त सिग्देल महेश लाई प्रदान गरिने निर्णय भएको छ।

पुष्पपराग साहित्य प्रतिष्ठानको कार्यसमितिको बैठक २०८२/११/३० मा प्रतिष्ठानका अध्यक्ष साहित्यकार टीएन भट्ट विश्वामित्रको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले पुरस्कार छनोट समितिको सिफारिश अनुमोदन गर्दै चैत्र २८ गते कौटिल्य ग्लोबल स्कुलको प्राङ्गणमा भव्यतासाथ वार्षिक उत्सव सम्पन्न गर्ने निर्णय गरेको संस्थाका सचिव मनिष शर्माले जानकारी दिए।

पुरस्कार छनोट समितिको संयोजक कवि पदम दाहाल थिए ।

प्रतिष्ठानले यस वर्ष पनि नेपाली साहित्य, कविता, गीत-सङ्गीत र लोकसाहित्यमा योगदान पुर्‍याउने साहित्यकार र स्रष्टाहरुलाई सम्मानित गर्दै साहित्यिक गतिविधिहरुको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

लामो समयको अध्ययन र मूल्याङ्कनपछि समितिले निम्नानुसारका साहित्यकारलाई पुरस्कार तथा सम्मानको सिफारिश गरेको छ:

पुष्पपराग वर्ष सम्मान पुरस्कार – हरिभक्त सिग्देल महेश

पुष्पपराग निलगङ्गा भाषा साहित्य पुरस्कार – कवि चन्द्रप्रसाद न्यौपाने

पुष्पपराग कृष्णलाल गोपिनी शिवाकोटी स्मृती बहु प्रतिभा पुरस्कार – कवि प्रेम राई परिक्षित

पुष्पपराग पद्मावती गीत सङ्गीत पुरस्कार – सुवासचन्द्र ढुङ्गेल

पुष्पपराग वि. के. स्मृति पुरस्कार – किरण आचार्य पौडेल

पुष्पपराग वालकुमारी छन्द पुरस्कार – विद्दा अनामिका

पुष्पपराग शुक्रमन्दिर लोक साहित्य पुरस्कार – अर्जुन चैनपुरे

पुष्पपराग सफलता स्मृति पुरस्कार – निर्मला बराल

पुष्पपराग चेवनचन्द्र गद्द कविता पुरस्कार – भुवन शिवाकोटी चौघरे

पुष्पपराग लेखनाथ-खगेन्द्र स्मृती पुरस्कार – राममणि ढुङ्गेल

पुष्पपराग अक्सिजन कवि धनकुटे वालकृष्ण लक्ष्मी अधिकारी स्रष्टा सम्मान – रमेश पोखरेल

पुष्पपराग युवा सम्मान – स्वर्णशिखा

पुष्पपराग मानार्थ सम्मान – हरिमन्जुश्री