बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, चैत्र १ २०८२

सर्लाही । लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

विराटनगर बाट काठमाडौं तर्फ जाँदै गरेको लु००३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रवक्ता सरोज राई ले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो।

उपचारकै क्रममा शनिबार राति करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस र बसचालक तुलसीपुर नगरपालिका–९, दाङ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दी मा राखेर थप अनुसन्धान भइरहेको छ।