बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालेनलाई हतारो !

आइतबार, चैत्र १ २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीमा नियुक्ति नहुँदै प्रधानमन्त्री पदसँग जोडेर उल्लेख गरिएको जिमेल एकाउन्ट अपडेट गरेपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता रहेका शाहले आफ्नो फेसबुकमार्फत ‘balenforpmnepal@gmail.com’ नामको जिमेल एकाउन्ट सार्वजनिक गरेका हुन्।

हालै सम्पन्न निर्वाचनमा रास्वपाले बहुमत प्राप्त गरेकाले शाह प्रधानमन्त्री बन्ने लगभग निश्चित मानिएको छ। तर औपचारिक प्रक्रिया पूरा नहुँदै प्रधानमन्त्रीसँग सम्बन्धित नाम प्रयोग गरिएको जिमेल सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा यसबारे विभिन्न टिप्पणी भइरहेका छन्।

कतिपयले यसलाई सामान्य राजनीतिक सन्देशका रूपमा लिएका छन् । केहीले भने प्रक्रिया अघि बढ्नुअघि नै गरिएको यस्तो कदम हतारो भएको टिप्पणी गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सुविधाजनक बहुमत हासिल गरेपछि बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी तीव्र बनेको छ। यसका लागि पार्टीले विधान संशोधन गरी शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ।

निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरिसकेकाले अब छिट्टै नयाँ सरकार गठन हुने तयारी छ। यता रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने सम्भावित मन्त्रिपरिषद् गठनका लागि मन्त्री चयनमा व्यस्त रहेका छन्।