बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

दुई दिनदेखि बेपत्ता युवक मृत फेला

आइतबार, चैत्र १ २०८२

मान्म (कालीकोट) । नरहरिनाथ गाउँपालिका–३ का २२ वर्षीय राजेन्द्र बुढा, जो बिहीबारदेखि बेपत्ता थिए, मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार उनको शव आज नरहरिनाथ गाउँपालिका–२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो।

परिवारका अनुसार बुढा बिहीबार खाना खाएर घरबाट निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्।

आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकी लाई खबर गरेका थिए। प्रहरी निरीक्षक गणेश ज्ञवाली का अनुसार शव सडकबाट करिब ५०० मिटर तल खोलानजिकै फेला परेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।