काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्ने भएको छ। यसअघि शनिबारका लागि तय गरिएको बैठक विशेष कारणवश आजका लागि सारिएको हो।
पार्टीका प्रवक्ता मनिष झाले सूचना जारी गर्दै सभापति रवि लामिछाने को निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजे बस्ने जानकारी दिएका छन्।
उनका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने मुख्य एजेन्डा तय गरिएको छ।