काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ।
पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार सचिवालय बैठक बोलाइएको र बैठकको समय तथा स्थान भने अझै तय नभएको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार केन्द्रीय तहमा हुने उक्त बैठकले समानुपातिक उम्मेदवार सिफारिसका विषयमा निर्णय गर्नुका साथै पार्टीका केही नीतिगत विषयमा पनि छलफल गर्नेछ।
बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने गरी पार्टी विधान संशोधन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। साथै समसामयिक राजनीतिक विषयहरूबारे समेत विचार–विमर्श हुने जनाइएको छ।