बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कस्तो रहला आज देशभरको मौसम ?

शनिबार, फाल्गुन ३० २०८२

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले बागमती प्रदेश र गण्डकी प्रदेश सहित कोशी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ।

हाल गण्डकी प्रदेशका केही पहाडी क्षेत्र तथा बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति देशको हिमाली भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। साथै हिमाली क्षेत्रका थोरै स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।