बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रधानमन्त्री चयन सहज बनाउन रास्वपाद्वारा विधान संशोधनको तयारी

शुक्रबार, फाल्गुन २९ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रधानमन्त्री चयन प्रक्रियालाई सहज र स्पष्ट बनाउन संसदीय दलको नेता चयनसम्बन्धी पार्टी विधान संशोधन गर्ने तयारी गरेको छ।

पार्टीले संशोधनमार्फत वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बनाउन खोजेको नेताहरूले बताएका छन्।

रास्वपा नेताहरूका अनुसार हालको विधान समयानुकूल नभएकाले प्रधानमन्त्री चयन प्रक्रिया सरल, स्पष्ट र व्यवहारिक बनाउन संशोधन आवश्यक भएको हो। “वर्तमान व्यवस्थाले संसदीय दलको नेता चयन गर्न बहुमत सदस्यको मत आवश्यक पर्ने प्रावधान राखेको छ, तर अहिलेको राजनीतिक परिस्थितिमा त्यो व्यवस्था व्यवहारिक नदेखिएकाले संशोधन गर्न लागिएको हो,” एक नेताले बताए।

पार्टीभित्र सहमतिमै संसदीय दलको नेता चयन गर्ने वातावरण बनेको र त्यसका लागि विधान संशोधनको प्रक्रिया अघि बढाइएको स्रोतको भनाइ छ।

रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेपछि सरकार गठन र प्रधानमन्त्री चयनको विषयमा पार्टीभित्र तयारी तीव्र बनाएको छ। संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्रीको औपचारिक दाबेदारी प्रस्तुत गर्ने रणनीतिमा पार्टी रहेको बताइएको छ।