बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेपछि नेताहरु त्रासित, सतर्क अपनाउँदै

सोमबार, साउन २० २०७६

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सक्रियता निकै बढाएका छन् । उनको सक्रियता बढेसँगै नेताहरु त्रासित बनेका छन् ।
पछिल्ले समय नेताहरु सतर्क अपनाउन थालेका छन् ।

असारमा दुई हप्ता बैंकक बसेका उनी साउनको अन्तिम हप्ता पुनः बैंकक जाँदैछन् । पूर्व राजाको विदेश दौडलाई लिएर सरकारमा रहेकाहरु सतर्क भएका छन् । पूर्व राजाको सक्रियतालाई लिएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चेतावनी दिएका छन् ।

             रामेछाप पुगेर उनले नागार्जुनबाट पनि हटाउने चेतावनी दिएका हुन् । नारायणहिटी दरबार छाडेपछि पूर्व राजा नागार्जुन दरबार पुगेका थिए । उनी बेला बेलामा त्यहीं बस्ने गर्छन् ।

पूर्व राजाका लागि सरकारले छाडेको नागार्जुन दरबार पनि खोस्ने प्रचण्डको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । गणतन्त्र ल्याउने मुख्य भूमिका खेलेका प्रचण्डले बेला बेलामा पूर्व राजाप्रति कडा अभिव्यक्ति दिने गरेका छन् ।

             यसअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पूर्व राजाको सक्रियतालाई गम्भीरताका साथ लिएका थिए । उनले चेतवानीको शैलीमा सक्रियता नबढाउन भनेका थिए ।

पूर्वराजाले विदेशमा राजनीतिक भेट समेत गरेको सूचना पाएपछि सत्तारुढ दलका शिर्ष नेताहरुले चेतावनी दिन थालेका हुन् । पूर्वराजाले बैंककमा राजनीतिक भेट गरेको विषय उठेको छ । शाहले गत वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए ।