बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डद्वारा ओलीका पिताको निधनप्रति श्रद्धाञ्जली व्यक्त

शुक्रबार, फाल्गुन २९ २०८२

काठमाडौं ।नेकपा संयाेजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनले आफूलाई दुःखी बनाएको बताएका छन्।

प्रचण्डले फेसबुकमा लेखेका छन्, “नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनले दुःखी बनाएको छ। बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपीजी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।”

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओली ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल मा निधन भएका थिए।