बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई पितृशोक

शुक्रबार, फाल्गुन २९ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ ।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिएकी हुन् । केही दिनदेखि अस्वस्थ रहेका उनलाई गएराति समस्या बढेपछि अस्पताल भर्ना गरिएको थियो।

स्रोतका अनुसार उनको पार्थिव शरीर ओलीको निवास गुण्डुमा लगिनेछ भने आज दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टिमा अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् ।