बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा ४६ अंकको पहिरो, सामुहिक लगानी कोष बाहेक सबै सुचक राताम्मै

बुधबार, फाल्गुन २७ २०८२

काठमाडौं । नेप्से उच्च अंंकले पहिरो गएको छ । अघिल्लो दिन ३२ दशमलव शुन्य आठ अंकले घटेको नेप्से आज बुधबार पनि ४६ दशमलव ७८ अंकले घटेर २७ सय ९६ दशमलव ५७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३२ अंकले घटेर चार सय ८१ दशमलव ३७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको एक लाख १५ हजार पाँच सय ५० पटकको कारोबारमा तीन करोड ६० लाख ४९ हजार चार सय ५१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १३ अर्ब १८ करोड दुई लाख ५५ हजार एक सय ५७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दशमलव ११ अंकले घटेर १४ सय ५५ दशमलव १४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ८१ अंकले घटेर तीन हजार सात सय ३८ दशमलव १४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७२ दशमलव २७ अंकले घटेर १३ हजार चार सय ५८ दशमलव ६३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १३ दशमलव ५८ अंकले घटेर ११ हजार पाँच सय ११ दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघृवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा सालपा बिकास बैंकले सबैभन्दा बढी कमाउँदा कालिका पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । रिडी पावर कम्पनी लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।