शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से परिसूचकमा प्रतिनिधिसभा निर्वाचनपछि सकारात्मक सर्किट

सोमबार, फाल्गुन २५ २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशत वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको नेप्सेले जनाएको छ। बजार खुलेको एक मिनेटभित्रै नेप्से परिसूचकमा १०८.६० अंकको वृद्धि देखिएको हो।

हाल लागू ‘सर्किट ब्रेक’ व्यवस्थाअनुसार, कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार रोकिने व्यवस्था छ। दोस्रो घण्टामा ५ प्रतिशतको उतारचढाव हुँदा ४० मिनेट कारोबार रोकिने र तेस्रो घण्टा वा त्यसपछिका समयमा ६ प्रतिशतले उतारचढाव हुँदा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था लागू हुन्छ।