बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

झापा–५ मा बालेन शाहको फराकिलो अग्रता

शनिबार, फाल्गुन २३ २०८२

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई करिब २६ हजार मतान्तरले पछाडि पारेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बालेनले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी ओलीले ९ हजार ६८ मत पाएका छन्। यससँगै शाह र ओलीबीचको मतान्तर २५ हजार ७९५ पुगेको छ।

यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ५ हजार ४७८ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार मधुरा चिमरिया भने ९३० मतमा सीमित भएकी छिन्।

उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको छ।