बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

झापा–५ मा बालेन्द्र साहको फराकिलो अग्रता, ओली निकै पछि

शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।

हालसम्म ७ हजार ६५१ मत गणना हुँदा साहले ५ हजार २५४ मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत प्राप्त गरेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ ३२५ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्दरा चिमोरियाले १८५ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ११ मत प्राप्त गरेका छन्। केही उम्मेदवारले भने हालसम्म मतको खाता खोल्न सकेका छैनन्।

सो क्षेत्रमा मतगणना अझै जारी रहेको छ।