बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिरहा–४ मा रास्वपाको प्रारम्भिक अग्रता

शुक्रबार, फाल्गुन २२ २०८२

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता लिएको छ।

निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार बिहान १०:१५ बजेसम्म ८४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ५४७ मत प्राप्त गर्नुभएको छ। यस्तै, जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले ८८ र नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ६५ मत प्राप्त गरेका छन्।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकारी डा. श्रीप्रकाश उप्रेतीका अनुसार सिरहा–२ र सिरहा–३ मा पनि बिहान ११ बजेदेखि मतगणना सुरु भएको छ। सिरहा–१ मा भने बिहान १० बजेदेखि नै मतगणना सुरु भएको निर्वाचन अधिकृत फडिन्द्रराज भट्टराईले जानकारी दिएका छन्।