काठमाडौँ । बालेन्द्र शाह (बालेन)ले मतदानपछि झापा तर्फ हेली एभरेस्टको हेलिकप्टर चढेका थिए, तर हेलिकप्टर झापामा अवतरण गर्न नगरी काठमाडौं फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उच्च स्रोतका अनुसार शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर प्रयोग गरेकाले ल्याण्ड गर्न अनुमति नदिइएको हो। “निर्वाचन आयोगबाट अनुमति लिएको देखिएन, त्यसैले फर्काइएको हो,” स्रोतले जानकारी दियो।
यता बालेनको सचिवालयले भने सुरक्षाको कारण देखाउँदै झापा अवतरण नगरी फर्किएको जनाएको छ ।