बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीद्वारा मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालयस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशभर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको बताए। साथै सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।

उनका अनुसार मतगणनाको क्रममा खसेको मतको आधारमा गणना टोली गठन गरी छिटो परिणाम सार्वजनिक गर्ने योजना आयोगको रहेको छ। आयोगले फागुन २५ भित्र प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको पनि उनले बताए ।

आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। देशभर मतदान कार्य जारी रहेको छ।