काठमाडौं । बालेन्द्र शाहले आज काठमाडौँ महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विनायक स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
बिहान साढे ७ बजे मतदान गरेका शाह आजै आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्र झापा–५ तर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।